उत्तर कोरियाद्धारा उच्च क्षमताको रकेट इन्जिन परीक्षण

काठमाण्डौ ६ चैत्र । उत्तर कोरियाले उच्चतम क्षमताको रकेट इन्जिन परीक्षण गरेको छ ।

उत्तर कोरियाको सरकारी संचार माध्यमका अनुसार नयाँ र उच्च क्षमताकाे रकेट इन्जिन परीक्षण गरिएको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनले यसलाई रकेटको उद्योगमा नयाँ जन्मको संज्ञा दिएका छन । यसले बिश्वस्तरको भू–उपग्रह प्रक्षेपण गर्न मद्दत पुग्ने उनले बताए ।