August 21, 2017

उत्तर कोरियाको बारेमा छलफल गर्न ह्वाइट हाउसमा बैठक बस्दै

काठमाण्डौ, १२ वैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाबारे छलफल गर्न सिनेटरहरुलाई ह्वाइट हाउसमा निम्तो दिएका छन् ।

ट्रम्पले कोरियाको परमाणु र क्षेप्यास्त्र परीक्षण विरुद्ध नयाँ प्रतिबन्धहरु लगाउन राष्ट्रसंघीय सुरक्षा परिषद तयार हुनुपर्ने बताएका छन् । सुरक्षा परिषदका सदस्य राष्ट्रका राजदूतहरुलाई बोलाएर उनले उत्तर कोरिया विश्वका लागि खतरा भएकाे विषयमा छलफल हुने  बताए ।

उत्तर कोरियाले आफ्नो सशस्त्र बल स्थापना भएको ८५ औँ वर्षगाँठ मनाउने तयारी गरिरहेको छ र यस्ता अवसरहरुमा प्योङयाङले प्राय जसो व्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गर्ने गरेको छ ।