उत्तर कोरियाको पछिल्लो मिसायल परीक्षण असफल भएको दक्षिण कोरियाको दावी

काठमाण्डौ ९ चैत्र । उत्तर कोरियाले गरेको पछिल्लो मिसायल परीक्षण असफल भएको दक्षिण कोरियाले जनाएको छ ।

दक्ष्ँिण कोरियाका सुरक्षा अधिकारीले उत्तर कोरियाको असफल मिसायल परीक्षणबारे संयुक्त राष्ट्र संघलाइ समेत जानकारी भएको बताएका छन । कति र कस्तो प्रकारको मिसायल परीक्षण गर्न खोजिएको त्यो भने थाहा हुन नसकेको अधिकारीहरुले बताएका छन ।

उत्तर कोरियाले राष्ट्रसंघको प्रतिबन्धका बावजुद् लगातार मिसायल परीक्षण गरिरहेको छ । गत महिना मात्रै उत्तर कोरियाले प्रक्षेपण गरेका चारवटा मिसालय जापानको समुद्रमा खसेका थिए ।