August 19, 2017

उत्तर कोरियाको एक्लै सामना गर्ने ट्रम्पको चेतावनी

काठमाण्डौ,२१ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनकाे सहयोग मिलोस वा नमिलोस संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाबाट रहेका परमाणु जोखिम समाधान गर्ने बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यसै हप्ता पहिलोपटक भेट्नु अघि ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो । राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकारहरुले सो भेटघाटका लागि नीतिगत सुझाव दिने तयारी गरिरहेका छन् ।

यसअघि आफ्नो पहिलो एसिया भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियालाई पराजित गर्ने दुई दशकयताको पश्चिमी कूटनीति विफल भएको बताए ।

ब्रिटेनको फाइनान्सियल टाइम्स नामक अखबारलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भने यदि चीनले उत्तर कोरियाको समस्या समाधान गर्दैन भने अमेरिका यो विषयमा तयार रहेको समेत बताए ।