October 22, 2017

उत्तर कोरियाका नागरिकमा कुपोषणकाे चपेटामा

काठमाण्डौ, १० चैत्र । उत्तर कोरियामा ४१ प्रतिशत जनसंख्या कुपोषणको चपेटमा रहेकाे रिपाेर्ट सार्वजनिक भएकाे छ । संयुक्त राष्ट्रसंघद्वारा जारी रिपाेर्टमा उत्तर कोरियामा पाँच जना मध्ये दुई जना कुपोषित रहेको बताइएकाे छ ।

त्यहाँका ७० प्रतिशत मानिस सहायताकाे खानाकाे भरमा रहेको राष्ट्रसंघले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा उल्लेख छ ।

धेरै नागरिक आधारभूत स्वास्थ्य सेवा र सरसफाइ सुविधाबाट समेत बन्चित रहेको एवं बालमृत्युदर पनि उच्च रहेको राष्ट्रसंघले जनाएको छ ।

पाँच वर्षमुनिका बालबालिका मूख्य गरी छाडापखाला र निमोनियाकै कारण मृत्युवरण गर्न बाध्य रहेका छन् ।

करिब दुई करोड ५० जनसंख्या रहेको उत्तर कोरियामा एक करोड ८० लाख मानिस भोकमरीको चपेटमा परेको दावी गरिएको हो ।

एक करोड पाँच लाख मानिस त कुपोषित बन्नु परेको राष्ट्रसंघको भनाइ छ । उत्तर कोरियामा सरकारी फर्ममा खेती हुने र त्यसको नियन्त्रण पनि सरकारकै हुने गरेको छ ।
वर्षेनी लाखौं मानिस भोकमरीको चपेटमा पर्ने गरेको उत्तर कोरियामा सन् १९९० को दशकको व्यापक भोकमरीमा लाखौं मानिस मृत्युवरण गर्न विवश भएका थिए । एजेन्सी