June 27, 2017

उच्च अदालतमा न्यायधीश नियुक्ति संविधानसम्मत्

कानूनमन्त्री अजयशंकर नायकले उच्च अदालतमा न्यायधीशे नियुक्ति संविधानसम्मत् रूपमा गरिएको दाबी गर्नुभएको छ ।
काठमाडौंमा भएको साक्षात्कारमा मन्त्री नायकले परिषद्का सदस्यहरुको सहमतिमै ८० न्यायाधीशको नियुक्ति गरिएको बताउनुभएको हो । नियुक्ति पुनरावलोकन हुन नसक्ने उहा“को भनाइ छ ।
कार्यक्रममा मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले उच्च अदालतमा गरिएको न्यायधीश नियुक्ति अन्तरिमक संविधानको मर्म र भावनाविपरीत भएको आरोप लगाउनुभयो ।
नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले उच्च अदालतमा गरिएको ८० जनाको नियुक्ति प्रक्रिया नै गलत भएको टिप्पणी गर्नुभयो ।
साक्षात्कारमा बारका पूर्व उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतकी प्रधानन्यायधीश सुशीला कार्कीलाई विवादमा तान्ने खेल भइरहेको धारणा राख्नुभयो ।।।