August 17, 2017

उचित मुआब्जा नदिए फास्ट  ट्रयाक अघि बढन नदिइने स्थानियको चेतावनी

काठमाडौं, ५ चैत्र । राष्ट्रिय गौरवको योजना निजगढकाठमाडौं फास्ट ट्रयाक दुर्तमार्ग निमार्ण भित्रपर्ने जग्गाको मुआब्जा चलनचल्ती अनुसार नतोकिएको भन्दै खोकना, सैंबु र बुंगमति सरोकार समितिले कडा आन्दोलन गर्ने  चेतावनी दिएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सरकारले विभेदकारी नीति अवलम्बन गरेर फाष्ट्ट्रयाक निमार्ण गर्न थालिएको भन्दै उचित मुआब्जा नतोकिए जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिएको हो ।

सैंबु सरोकार समितिका अध्यक्ष माधव खड्काले चलनचल्ती अनुसारको जग्गाको मूल्य नतोकिएसम्म निमार्ण कार्यलाई अघि बढाउन नदिने चेतावनी दिएका छन् ।

सरकारले रसुवा जिल्ला टिमुरेको प्रतिआना जग्गाको मूल्य ६ लाख र राजधानी नजिकैको महानगरपालिका भित्रको जग्गाको मूल्य २ लाख यस्तो पनि हुन्छ ? भन्दै खडकाले प्रश्न गरे ।

काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो काठमाडौंनिजगढ करीव ७६ किलोमिटर सडकका लागि सरकारले निर्माणका लागी पहल लिएको छ ।