इस्लामिक स्टेटद्वारा ‘ताज महल’ मा हमला गर्ने धम्की

काठमाण्डौ, ४ चैत्र । इस्लामिक स्टेट समर्थक मिडिया ‘ग्रुपअह्वाल मिडिया सेन्टर’ ले ताज महल आइएसको अबको निशाना हुन सक्ने बताएको छ ।

उक्त मिडियाले यसबारे चेतावनी दिदैं ग्राफिकमा चित्रण गरेर ताज महलमा आक्रमण हुन सक्ने कुरा छापेको छ ।

ग्राफिक चित्रमा ताज महलको चित्र बनाइएको छ र त्यसको तल यस्तो लेखिएको छ– ‘न्यु तार्गेट’ अर्थात अबको नयाँ लक्ष्य भनेर लेखिएको छ ।

साथै अरबी भाषामा ‘आगरा इस्तिशहादी’ (आगरा सहादत साधक) को तस्बिर पनि झल्काइएको छ । यसको अर्थ आत्मघाती हमला हुनसक्ने बताइएको छ ।