September 25, 2017

इर्मा आँधीबाट अमेरिकाको फ्लोरिडा अस्तव्यस्त, ३ जनाको मृत्यु, २५ लाख घरमा बिद्यूत आपूर्ती बन्द

काठमाण्डौ २६ भदाै । क्यारेबियन क्षेत्र अस्तव्यस्त पारेको बिनाशकारी इर्मा आँधी अमेरिकाको फ्लोरिडा पुगेको छ ।

२ सय ९ किलोमिटर प्रतिघण्टाको वेगमा रहेको आँधीले फ्लोरिडामा ब्यापक क्षति पुर्याउन थालेको छ । हालसम्म फ्लोरिडामा मात्रै ३ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन ।

आँधीपछि सो क्षेत्रमा मुसलधारे बर्षा सुरु भएको छ । क्यारेबियन क्षेत्रबाट फ्लोरिडा आइपुग्दा आँधीको वेग घटेकाले यसलाई तेस्रो श्रेणीमा राखिएको छ ।

फ्लोरिडामा आँधी छिर्नुपूर्व नै तयारी गरिएपनि २५ लाख घरमा बिद्यूत आपूर्ती बन्द भएको छ । मियामी शहरमा भारी बर्षाका कारण डुबान भएको छ ।

स्थानीय प्रशासनले यसअघि फ्लोरिडाका ६३ लाख सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आदेश दिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले इर्मालाई राक्षसी तुफानको संज्ञा दिएका छन । उनले तुफानबाट बच्न केन्द्रीय एजेन्सीले गरेको कामको सरहना गरेका छन ।