इरान अाक्रमणमा अाइएसमा अावद्द इरानी नागरिक संलग्न

काठमाण्डौं २५ जेठ । इरानको संसद्मा आक्रमण गर्नेहरु इस्लामिक स्टेट आइएसमा आबद्ध इरानी नागरिक नै भएको खुलेको छ ।

इरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका उप प्रमुख रजा सैफुल्लाहले आक्रमणकारीहरु आइएसमा आबद्ध इरानी नागरिक नै भएको पुष्टि गरेका हुन । इरानका बिभिन्न क्षेत्रमा सक्रिय आइएसमा उनीहरु संलग्न रहेको सेफुल्लाहले बताए ।

आक्रमणको जिम्मा लिदै आइएसले इरानमा  थप आक्रमण गर्ने चेतावनी दिएको छ । इरानको रेभुलसनरी गार्डसले अमेरिका र साउदी अरब गठवन्धनमाथि प्रश्न उठाउदै कडा भन्दा कडा जवाफ दिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै साउदी अरबको भ्रमण गरेका थिए । इरानी संसदमा भएको गोली काण्डमा १२ जनाको मृत्यु भएको थियो ।