August 18, 2017

इराक कति सुरक्षित ?

काठमाण्डौं, २० फाल्गुन ।  युद्धको चपेटामा परेको इराकमा एकै महिनामा ३ सय ८५ जनाको अकालमै ज्यान गएको छ ।

इराकमा स्थित संयुक्त राष्ट्रसंघीय मिसनले गत फेब्रुअरी महिनासम्म ३ सय ८५ इराकी नागरिकको मृत्यु भएको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार ६ सय ९ घाइते भएका छन् ।

आतङ्ककारी गतिविधि र हिंसात्मक गतिविधिमा परी उनीहरुको मृत्यु भएको प्रतिवेदनमा भनिएको छ । यसबाट कयौंले घरबार र कयौंले आफन्तजन गुमाउनुको पीडा त छँदैछ । यो तथ्याङ्कमा सुरक्षाकर्मीको संख्या भने संलग्न गरिएको छैन ।

यस घटनामा इस्लामिक स्टेट (आईएस) का लडाकु दोषी रहेको मिसनका प्रमुख जान कुबिजले बताए । आमनागरिकलाई लक्षित गरी यस्ता हिसांत्मक घटना घटाउन आईएस उद्दत रहेको उनको भनाई थियो ।