August 18, 2017

इराक अमेरिकाको प्रतिबन्धित राष्ट्रको सूचिबाट हट्यो

वासिङ्टन, २४ फाल्गुन । अमेरिकाले इराकलाई प्रतिबन्धित राष्ट्रहरुको सूचिबाट हटाएको छ । अमेरिका प्रवेश गर्न निषेध सम्बन्धी परिमार्जित नयाँ आदेशमा ट्रम्पले सोमबार हस्ताक्षर गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक सहित ७ मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न रोक लगाएका थिए । अब अमेरिका प्रवेश गर्नबाट निषेधित राष्ट्रहरुमा इरान, सोमालिया, लिबिया, इमन, सुडान र सिरिया रहेका छन् ।

इराक बाहेकका यी मुस्लिम बाहुल्य ६ राष्ट्रका शरणार्थी र अन्य नागरिकलाई मार्चको १६ तारिखबाट उक्त नियम लागु हुनेछ । अमेरिकी प्रशासनका एक उच्च अधिकारीले मुस्लिम बाहुल्य भएका नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने आदेश महत्वपूर्ण उपाय भएको बताएका छन् ।

आतङ्ककारी आइएइसका विरुद्ध लड्न इराक सरकारले मुख्य भूमिका निर्वाह गर्दै अमेरिकी सेनालाई सहयोग गरेकोले ह्वाइट हाउसले आफ्नो निर्णयमा परिवर्तन गरेको हो ।