August 22, 2017

इराकको मोसुलमा सामुहिक चिहान फेला

काठमाण्डौ २९ फाल्गुन । इराकको मोसुल सहरस्थित एक कारागार नजिक ५ सय भन्दा बढी शव गाडिएको सामुहिक चिहान फेला परेको छ ।

ईस्लामिक अतिवादी समुह आइएसले सर्वसाधारणको सामूहिक हत्या गरि गाडेको हुनसक्ने अनुमान गरिएको छ ।  ६ सय भन्दा बढी शिया मुसलमान बन्दीको हत्या गरिएको शिया समर्थित समुहले दावी गरेको छ ।

सन् २०१४ मा कारागार नियन्त्रणमा लिएको आईएसबाट सरकारी सेनाले गत साता पुनः नियन्त्रण कायम गरेको थियो । सन् २०१४ मा भएको भनिएको सो घटनाको अनुसन्धान भैरहेको छ ।