June 28, 2017

इराकको टिक्रिट शहरमा आत्मघाती विस्फोट, २६ जनाको मृत्यु

काठमाण्डौ, २६ फाल्गुन । इराकको टिक्रिट शहर नजिककै एक विवाह समारोहमा आत्मघाती विस्फोट हुँदा २६ जनाको मृत्यु भएको छ ।
इराकको टिक्रिट शहर नजिककै रहेको हज्जाज भन्ने गाउँमा विवाह समारोहमा भएको आत्घाती विस्फोटमा परि २६ जनाको मृत्यु भएको हो ।
घटनामा अन्य दर्जनौ घाईते भएका छन् । विवाह समारोहमा दुईवटा विस्फोट भएको र अन्य दुई विस्फोट सुरक्षाकर्मीलाई लक्षित गरी गराइएको अधिकारीहरुले जनाएका छन् ।

विस्फोटको जिम्मा हालसम्म कसैले नलिएपनि आईएसको हात रहेको आशंका गरिएको छ ।

सुरक्षाकर्मी र विद्रोही संगठनबीच संघर्ष जारी रहेको उक्त क्षेत्र इराकी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको अधिकारीले जनाएका छन् ।