October 22, 2017

इपिजीको अर्को बैठक देहरादुनमा बस्ने

काठमाण्डौ,२५ चैत्र । नेपाल भारत शान्ति तथा मैत्री सन्धिका असमान ‘बुँदा सच्यानुपर्छ’ भन्नेमा नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजी का सदस्य सकारात्मक बनेपछि थप छलफलका लागि चौथो बैठक जेठ १५ देखि १७ गतेसम्म भारतको देहरादुनमा बस्ने भएको छ ।

इपिजीकाे तेस्रो बैठक बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंमा बसेको दुईदिने बैठकमा नेपालले १९५० को सन्धिका असमान तथा असान्दर्भिक बुँदा सुचीवद्ध गरी प्रस्तुत गरेको थियो ।

नेपाल पक्षले जलस्रोत, व्यापार, पारवहन, सुरक्षा, सीमालगायत विषयमा भएका सन्धि तथा सम्झौताका असान्दर्भिक र असमान बुँदा पनि छलफलमा राख्यो । यो खबर आजको नागरिक दैनिकमा खबर छ ।