इन्डियन क्रिकेटरको तलबमा भारी बृद्धि, ‘ए’ ग्रेडका खेलाडीको बार्षिक तलब भारु २ करोड पुग्यो

काठमाण्डौ, ९ चैत्र । भारतको क्रिकेट टिम हेर्ने निकाय बिसिसिआइले क्रिकेट खेलाडीको तलबमा दोब्बर वृद्धि गरेको छ ।

क्रिकेटको पुरुष खेलाडीहरुलाई वार्षिक रुपमा दिँदै आएको रकममा दुई गुणाले बढाएको हो । तीनै तहका खेलाडीहरुको तलब बढाइएको हो ।

ग्रेड ‘ए’ का खेलाडीहरुलाई प्रतिवर्ष २ करोड, ग्रेड ‘बी’ का खेलाडीलाई प्रतिवर्ष १ करोड र ग्रेड ‘सी’ का खेलाडीलाई ५० लाख तोकिएको छ ।

योसँगै रविन्द्र जडेजा, चेतेश्वर पूजारा र मुरली विजय पनि ए ग्रेडमा उक्लिन सफल भएका छन् ।