July 26, 2017

इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कको स्थापना

काठमाण्डौ, २७ फाल्गुन ।  नेपालका सामुदायिक रेडियोहरूको साझा संगठनको रूपमा इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क वैधानिक रूपमा दर्ता भएको छ ।

यो संस्था नेपालभरिका २० वटा सामुदायिक रेडियोहरूको साझा संस्थाको रूपमा गठित संस्था हो ।

यो नेटवर्कले समुदायको आवाजलाई पहिलो प्राथमिकतामा राखेर रेडियो कार्यक्रमहरूको उत्पादन, प्रसारण गर्नुका साथै क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका क्रियाकलापहरू सञ्चालन गर्ने ध्येय रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसको उद्देश्य भनेको रेडियोको माध्यमद्धारा शान्तिपूर्ण र संवैधानिक बाटोको अवलम्वन गर्दै आदिवासी जनजातिहरूको समस्याहरूको पहिचान र समाधानको निम्ति जनचेतना अभिवृद्धि गर्नु हो ।