August 19, 2017

इथोपियामा पहिरोमा परी ४८ जनाको मृत्यु

काठमाण्डौ ३० फाल्गुन । इथोपियाको राजधानी अदिस अबाबामा पहिरोमा परी ४८ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन ।

सर्वसाधारण राती सुतिरहेकाबेला पहाडबाट एक्कासी पहिरो आएको थियो । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन । स्थानीयवासीका अनुसार १ सय ५० जना पहिरोको प्रभावमा परेका छन । पहिरोमा थुप्रै अस्थायी घरपनि पूरिएका छन । मृतकको संख्या अझै बढन सक्ने अधिकारीहरुले बताएका छन ।