Breaking News

 इण्डोनेसियाको जकार्तामा दुई आत्मघाती बम विस्फोट, तीन प्रहरीको मृत्यु, दश घाइते

काठमाण्डौ १२ जेठ । इण्डोनेसियाको राजधानी जकार्तास्थित एक बस स्टेशननजिकै भएको दुई आत्मघाती बम विस्फोटमा तीन प्रहरीको मृत्यु भएको छ ।
विस्फोटमा परी पाँच प्रहरीसहित १० जना घाइते भएका छन् । बुधबार करिब १० मिनेटको अन्तरमा दुई बम विस्फोट भएको अधिकारीले जनाएका छन् ।

सो विस्फोट यस वर्षकै भयानक विस्फोट भएको अधिकारीले जनाएका छन् । राष्ट्रपति जोको विडाडोले शान्त रहन नागरिकलाई आग्रह गरेका छन् । पछिल्लो वर्ष १४ जनवरीमा जकार्तामा यूएन अफिस नजिक भएको विस्फोटमा सात जनाको मृत्यु भएको थियो भने दुई आतंककारी मारिएका थिए ।

shares