October 22, 2017

इजिप्टमा ३ महिनाका लागि संकटकाल घोषणा

काठमाण्डौ, २८ चैत्र । इजिप्टमा राष्ट्रपति अब्दुल फताह अल सिसीले तीन महिनाका लागि संकटकाल घोषणा गरेका छन् ।

इसाईहरुलाई निशाना बनाई विभिन्न चर्चमा विष्फोट भएपछि राष्ट्रपति सिसीले संकटकाल घोषणा गरेका हुन् । विभिन्न चर्चमा गरिएको विष्फोटमा परी कम्तिमा ४४ जनाको ज्यान गएको छ ।

संकटकालसँगै राष्ट्रपति सिसीले मुलुकभर सेना परिचलान गरेका छन् । आक्रमणको जिम्मा इस्लामिक स्टेट आईएसले लिए पनि राष्ट्रपति सिसीले बिना वारेन्ट छापा तथा पक्राउ गर्न आदेश दिएका छन् । यसलाई कार्यान्वयन गर्नुअघि संसदबाट पारित गर्ने तयारी गरिएको छ ।

आईएसले पछिल्लो केही समय यता इजिप्टमा इसाईहरुलाई निशाना बनाई आक्रमण गर्दै आएको छ । इजिप्टमा १० प्रतिशत इसाई जनसंख्या बसोबास गर्छन् ।