October 20, 2017

इजिप्टको टान्टा शहरस्थित चर्चभित्र विस्फोट, १३ को मृत्यु ४२ घाइते

काठमाण्डौ, २७ चैत्र । इजिप्टको शहर टान्टामा रहेको चर्चभित्र भएको विस्फोटमा परी कम्तिमा १३ जनाको मृत्यु र ४२ जना घाइते भएको इजिप्टको स्थानीय टेलिभिजनले बताएको छ ।

यो घटना कसले घटाएको वा घटनाको जिम्मेवार को हो भनेर पुष्टि नभइसकेको स्थानीय टेलिभिजनले जनाएको छ ।

यसअघि सन् २०१६ मा कायरोमा रहेको सबैभन्दा ठूलो कपटी गिर्जाघरमा विस्फोट हुँदा २५ जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए ।