October 24, 2017

इङ्लिस प्रिमियर लिगमा आज दुई खेल हुँदै

काठमाण्डौ,२० चैत्र । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन्  ।

पहिलो खेलमा रेलिगेशन जोनमा रहेको मिडलस्वर्गले १७ औं स्थानको स्वान्सी सिटिसँग प्रतिस्पर्धा गर्नेछ । यी दुईबीचको खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सिटिको घरेलु मैदान लिवर्टी स्टेडियममा हुनेछ ।

त्यस्तै, दोश्रो खेलमा लिगको छैटौं स्थानमा रहेको आर्सनलले चौथौं स्थानको म्यानचेष्टर सिटीसँग घरेलु मैदान इमिरेट्स स्टेडियममा खेल्ने छ । आर्सनल र म्यानचेष्टर सिटीबिचको खेल राती पौने नौ बजे हुँदैछ ।