आलिया र वरुण अभिनित ‘बद्रीनाथ कि दुल्हनिया’ ले थिएटर तताउँदै

काठमाण्डौ, २७ फाल्गुन । आलिया भट्ट र वरुण धवन अभिनित फिल्म ‘बद्रीनाथ कि दुल्हनिया’ प्रगतिशील र सूत्रमा आधारित भएको हिन्दूस्तान टाइम्सले लेखेको छ ।

‘यो फिल्म भव्य, राम्रो संगीतले भरिपूर्ण र उत्कृष्ट खानाजस्तो छ ।’ टाइम्स अफ इन्डियाले भनेको छ ।

त्यस्तै न्यू दिल्ली टेलिभिजन लिमिटेड (एनडिटिभि) ले पनि यो फिल्मको राम्रै प्रशंसा गरेको छ । यो फिल्मलाई एनडिटिभिले ५ मा २ रेटिङ दिएको छ ।

त्यस्तै हिन्दूस्तान टाइम्सले २.५ रेटिङ दिएको छ भने टाइम्स अफ इन्डियाले ३.५ रेटिङ दिएको छ ।