October 23, 2017

आर आर क्याम्पसको स्ववियु निर्वाचनविरुद्ध अखिल क्रान्तिकारीद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ, १६ चैत्र । आर आर क्याम्पसको स्ववियु निर्वाचनविरुद्ध अखिल क्रान्तिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

क्याम्पस प्रमुख, निर्वाचन अधिकृत लगायतलाई विपक्षी बनाइ दायर गरेको रिटमा स्ववियु निर्वाचन खारेज गर्न माग गरिएको छ । गत फागुन १८ गते हुन नसकेको स्ववियु निर्वाचन आर आर क्याम्पसमा मंगलबार भएको थियो र निर्वाचनबाट एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको थियो ।

अखिल क्रान्तिकारीका ध्रुवराज वाग्लेले दायर गरेको रिटमा आर आर क्याम्पसका प्रमुख डा. निर्मलाकुमारी सुवाल, निर्वाचन अधिकृत हरिप्रसाद पराजुली, नेविसंघका उत्तमबहादुर साउद लगायतलाई विपक्षी बनाइएको छ ।

रिटको पेशी बिहीबार बिहान १० बजे तोकिएको छ ।