May 23, 2017

आर्थिक समृद्धिको लागि पनि निर्वाचन अपरिहार्य

काठमाण्डौ, ३१ चैत्र । नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको जग हाल्नको लागि पनि निर्वाचन आवश्यक रहेको बताएकी छिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा अध्यक्ष राणाले आर्थिक क्रान्तिको जग हाल्न र मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन निर्वाचन अपरिहार्य रहेको बताउनुभएकी हुन् । उनले नयाँ वर्ष ०७४ साल निर्वाचन र आर्थिक समृद्धिको वर्ष हुने समेत स्पष्ट पारिन् ।

मुलुकमा रोजगारी सिर्जना गर्न र युवाहरुलाई विदेश पलायनबाट रोक्नको लागि पनि महासंघले काम गर्ने राणाले बताइन् । त्यस्तै नवनिर्वाचति वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघले विकास निर्माणको कार्यलाई अघि बढाउने स्पष्ट पारे ।

त्यस्तै कार्यक्रममा एशोसियट उपाध्यक्ष चन्द्र ढकालले श्रमिक र व्यवसायीहरुबीचको सम्बन्धलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए ।