October 24, 2017

आमा डायनाको मृत्युपछि ह्यारीले मनोचिकित्सकको मद्दत लिएका थिए

काठमाण्डौ, ४ वैशाख । बेलायती राजघरानाका रामकुमार प्रिंस ह्यारीले आफ्नी आमा डायनाको मृत्युपछि मनोचिकित्सकको सहयोग लिएको बताएका छन् ।

उनले भने, ‘म के भन्न सक्छु भने १२ वर्षको उमेरमा आमाको मृत्यु भएपछि २० वर्षसम्म आफ्नो भावनालाई दबाएर राख्नुपरेको थियो ।’ उक्त घटनाले आफ्नो व्यक्तिगत जिन्दगी र काममा पनि असर परेको ह्यारीले बताए ।

तीन सन्तानकी आमा डायना सन् १९६१ जुलाई १ मा भएको थियो भने सन् १९९७ अगष्ट ३१ मा उनको मृत्यु भएको थियो ।