August 20, 2017

तुलसी एक निदान अनेक

काठमाडौं, १६ फाल्गुन । धेरैजसो हिन्दु परिवारमा तुलसीलाई पूजा गरिन्छ । यसलाई सुख र कल्याणको रुपमा हेरिन्छ । तर यसको विशेषता यति मै सीमित छैन ।

पौराणिक महत्वबाट हेर्दा तुलसी एक चित परिचित औषधी हो ।
जसको प्रयोग विभिन्न रोगमा गर्न सकिन्छ । सर्दीपना देखि लिएर ठूला ठूला रोगमा पनि तुलसी खरो साबित हुने गर्दछ । तुलसीको जरा, हाँगा, पात र बिज सबैको महत्व छ । यसले गर्दा नै प्रायजसो घरमा तुलसी देख्न सकिन्छ ।

विशेषगरी यौन रोगको औषधी बनाउनका लागि तुलसीको प्रयोग गरिन्छ । तुलसीका केही फाइदाहरु निम्नानुसार छन् –

शारीरिक कमजोरी हुँदा तुलसीको प्रयोग गर्न सकिन्छ । यसको अलावा यौन दुर्बलता र शारीरिक रोग निदानका लागि अति उपयुक्त मानिन्छ ।

महिलामा हुने अनियमित महिनावारीको लागि पनि तुलसी रामवाण साबित हुन्छ । अनियमित महिनावारी रोक्नका लागि यसको पातको प्रयोग गर्न सकिन्छ ।

पखाला लाग्दा पनि यसको प्रयोग गर्न सकिन्छ । हामीमध्ये कतिपय सास गन्हाउने समस्याबाट पीडित हुन सक्छौं । यसका लागि पनि दैनिक ३–४ वटा तुलसीको पातको सेवन गर्न सकिन्छ ।

चोट लागेको ठाउँमा पनि तुलसी दलेर यसको रसको प्रयोग गर्न सकिन्छ । तपाई आफ्नो मुहार चम्काउन चाहन्छु हुन्छ भने पनि तुलसीको प्रयोग गर्न सक्नुहुन्छ ।