आफ्नै भनाईमा मुस्लिम राष्ट्रहरुले कतारसंग सम्बन्ध बिच्छेद गरेको ट्रम्पको दाबी

 

काठमाण्डौं २४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ मुस्लिम राष्ट्रले कतारसंगको सम्बन्ध अन्त्य गर्नुको पछाडी आफनो हात रहेको दावी गरेका छन ।

राष्ट्रपति ट्रम्पले आफूले भने अनुसार नै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेटस, यमन, लिबिया र माल्दिभ्सले कतारसंग कुटनीतिक सम्बन्ध समाप्त गरेको बताए ।

कतारले आतंकवादको समर्थन गर्दै इस्लामिक स्टेट आइएसलाइ आर्थिक सहयोग पनि गरिरहेकाले आफूले त्यस्तो लबिङ गरेको उनले बताए ।  आफ्नो साउदी अरबका भ्रमणका दौरान आफूले यो कुरा गरेको र भ्रमणको केही दिनमै असर देखिन थालेको उनले बताए ।

साउदी अरबको राजधानी रियादमा सम्बोधन गर्दै ट्रम्पले मध्यपूर्वमा अस्थिरता हुनुको दोष इरानलाइ दिएका थिए । त्यस बखत उनले कट्टरपन्थीबिरुद्ध एक हुन मुस्लिम राष्ट्रलाइ अपिल गरेका थिए । कतारले भने आफूमाथि लगाइएको आरोप झूठा भएको भन्दै खण्डन गरेको छ ।