August 23, 2017

आफ्ना बच्चाका लागि धुम्रपान र मद्यपान छोड्दै छुः शाहरुख

काठमाण्डौ, ६ चैत्र । अभिनेता शाहरुख खानले आफुले धुम्रपान र मद्यपान छोड्ने योजना बनाएको बताएका छन् ।

बलिउडका मेगास्टार अर्थात् किङ खानले आफ्ना ३ सन्तान आर्यन, सुहाना र अब्रामका लागि यस्तो निर्णय लिएको बताएका छन् ।

‘५० वर्षको उमेरमा साना बच्चाको उपस्थिति हुनु राम्रो कुरा हो ।’ शाहरुख खानले भने ।आफूले अबको २०–२५ वर्ष आफ्ना बच्चाहरुसँग बिताउन चाहेको पनि उल्लेख गरे ।