August 23, 2017

आफूसँग दूर्व्यवहार भएपछि विद्याले भनिन्– हामी सार्वजनिक सम्पत्ति होइनौं

काठमाण्डौ, २ चैत्र । अभिनेत्री विद्या बालनलाई कोलकत्ता एयरपोर्टमा एक व्यक्तिले दूर्व्यवहार गरेका छन् ।

यस घटनालाई लिएर विद्याले भनिन्, ‘जब कुनै नचिनेको मान्छेले तपाईमाथि हात राख्छ तपाई पुरुष हुनुस् या महिला असुविधा पर्छ ।’

विद्याले महिला पब्लिक फिगर अथवा सार्वजनिक सम्पत्ति नभएको बताइन् । रिपोर्टको अनुसार सेल्फीको बाहनामा एक व्यक्तिले विद्या बालनको शरीरमा हात राखेका थिए ।