October 19, 2017

आफूलाई आईजिपी बनाउन माग गर्दै सिलवाल गृहमा

काठमाण्डौ ,२२ चैत्र । नेपाल प्रहरीकाे आईजिपी आफूलाई बनाउन माग गर्दै डिआइजी नवराज सिलवालले गृह मन्त्रालयमा निवेदन दिएका छन ।

सिलवालले सर्वोच्च अदालतले ८ चैतमा गरेको परमादेशको फैसला अनुसार आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गरेका छन ।

उनले सर्वोच्चको फैसला कपी पनि बुझएका छन । र, त्यसको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र महान्यायधिवक्ता कार्यालयलाई गराएका छन । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।