June 27, 2017

आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको नयाँ नीति सार्वजनिक

काठमाण्ठौ, ११ फाल्गुन । अमेरिकी प्रशासनले अवैध आप्रवासीलाई देश निकाला गर्ने नयाँ नीति सार्वजनिक गरेको छ ।

राष्ट्रपति ट्रम्पको प्रशासनले यसका लागि नयाँ निर्देशिका जारी गरेको छ । नयाँ नीति अनुसार अपराधजन्य गतिविधिमा संलग्न र कागजात नभएकाहरुलाई निकालिने छ ।

ट्राफिक नियम तोड्ने, चोरी गर्ने लगायतका घटनामा पक्राउ परेकाहरुलाई पनि निकाल्ने नयाँ नीतिमा उल्लेख छ ।

अमेरिकी सुरक्षामा खतरा देखिएका, जनकल्याण प्रणालीको दुरुपयोग गर्ने लगायतकाहरुलाई पनि देश निकाला गरिनेछ ।

अमेरिकामा हाल एक करोड दश लाख मानिससँग कागजात नभएको अनुमान गरिएको छ ।