November 18, 2017

आन्तरिक स्थायित्वबिना परराष्ट्र सम्बन्धहरु सुदृढ हुन सक्दैन : उपराष्ट्रपती

 

काठमाण्डौ ६ फाल्गुन । उपराष्ट्रपति नन्दबहादुर पुनले आन्तरिक स्थायित्वबिना परराष्ट्र सम्बन्धहरु सुदृढ हुन नसक्ने बताएका छन् ।
नेपाल विश्व सम्बन्ध परिषद्को ६९औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति पुनले परराष्ट्रनीतिलाई प्रभावकारी बनाउन आन्तरिक स्थायित्व आवश्यक भएको उल्लेख गरे ।
उपराष्ट्रपति पुनले छिमेकीराष्ट्र भारत र चीनसँगको सम्बन्धलाई नेपालले विशेष महत्व दिएको भन्दै दुबै देशसँग भएका सहमतिलाई तीव्रताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताए ।
कार्यक्रममा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठलाई अन्तर्रा्ष्ट्रिय सम्बन्ध विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।