आतंकवादी संगठन सिमीका ११ सदस्यलाई आजीवन कारावास

काठमाण्डौ, फाल्गुन १६ । भारतको इन्दौर विशेष अदालतले आतंवादी संगठन सिमी का ११ सदस्यलाई देशद्रोही ठहर गर्दै आजीवन कारावासको निर्णय सुनाएको छ ।

सजाय सुनाइएका ११ आतंकवादी मध्ये १० जना अझै गुजरातको साबरमती जेलमा छन् । बन्धकहरुलाई भिडियो कन्फ्रेन्सिङको माध्यमबाट सजाय सुनाइएको हो । गत मार्च २००८ मा उनिहरुलाई गिरफ्तार गरिएको थियो ।

मार्च २००८ मा पुलिसले विशेष सूचनाको आधारमा गरेको कारवाहीमा उनिहरु दोषी ठहरिएका थिए । प्रहरीले छापा मार्दा यी आतंकवादीहरुकबाट अवैध रुपमा हतियारका साथै विस्फोटक पदार्थ बरामद गरेको थियो । इन्डियन खबर टीम