October 20, 2017

आणविक हतियार क्षमता बढाउन चाहेको ट्रम्पको खुलासा

काठमाण्डौ, १३ फाल्गुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार क्षमता बढाउन चाहेको खुलासा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफुले अमेरिकीमा आणविक हतियारको मामलामा उत्कृष्ट स्थान लिन चाहेको बताएका छन् । अमेरिकी स्वतन्त्र आर्मी कन्ट्रोल एसोसिएसनले भने राष्ट्रपतिको अभिव्यक्तिको आलोचना गरेको छ ।

ट्रम्पले आणविक हतियारको बारेमा गलत सूचना रहेको भन्दै आणबिक हतियारको खतराबारे सचेत रहन एसोसिएसनले आग्रह गरेको छ ।

उनले अमेरिकामा ६ हजार ८ सय र रुससँग ८ हजार आणबिक हतियार दाबी गरेको छ । एजेन्सी