September 23, 2017

आज १५ जिल्लामा पोलियो खुवाईदै 

काठमाडौ, २१ फाल्गुन । स्वास्थ्यकर्मीहरुको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज र भोली पोलियो थोपा खुवाईदै छ ।

तराईका १२ र काठमाडौ उपत्यकाका ३ सहित १५ जिल्लामा आज पोलियो खुवाउन लागिएको हो ।

कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।