October 18, 2017

आज श्रवण दिवस, ध्वनी प्रदुषण विरुद्ध चेतना जगाइदै

काठमाण्डौ २० फाल्गुन । ‘ध्वनि प्रदूषणलाई रोकौं, बहिरोपनबाट बचौं र बचाऔं’ भन्ने नारासहित श्रवण दिवस मनाइदै छ ।

बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्न प्रत्येक बर्ष  मार्च ३ अर्थात् फागुन २० गते यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा बिहान काठमाडौं शान्तिबाटिकामा जनचेतनामूलक र्‍याली निकालिएको छ ।

स्वास्थ्य मन्त्रालय वहिरोपन निवारणको आयोजनामा निकालिएको र्यालीले भृकुटीमण्डप स्थित प्रदर्शनीमार्ग क्षेत्रबाट माइतिघर मण्डलासम्म पुगेको थियो । र्‍यालीमा नेपाल श्रवण संघ, इयर केयर नेपाल, विपी आई फाउण्डेसनले पनि सहकार्य गरेका छन ।