October 24, 2017

आज विश्व मौषम दिवस, विभिन्न कार्यक्रम गरी मनाइर्दै

काठमाण्डौ १० चैत्र । आज विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइ्दैछ ।

हरेक वर्ष २३ मार्चमा विश्व मौसम दिवस मनाउने गरिन्छ । बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम गरिदैछन ।

विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो । जनसंख्या वृद्धिका कारण पृथ्वीको तापक्रम बढ्दो छ । र यसले वातावरण र मौसम नकरात्मक प्रभाव पार्दै गएको छ ।

प्रत्येक वर्ष जलवायु परिवर्तनका कारण विश्वभर १२ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ ।