August 19, 2017

आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाण्डौ २ चैत्र । आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइरहेका छन ।

विश्व उपभोक्ता अधिकार दिवस बर्षेनी मार्च १५ तारिखका दिन मनाउने गरिन्छ । सन् १९ सय ६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

नेपालमा उपभोक्ताको अधिकार निकै संकटमा परेको सरोकारवालाहरुले बताएका छन । राज्य नै जिम्मेवार नहुँदा सरकार मातहातका निकायले नै उपभोक्तामाथि खेलवाड र ब्रम्हलुट मच्चाइरहेको उनीहरुको आरोप छ ।