June 26, 2017

आज राती सार्वजनिक हुदैछ नोकिया -३३१०

काठमाण्डौ, १५ फाल्गुन । मोवाइलको उत्पादनमा क्रान्ति ल्याएको भनि मानिदै आएको नोकियाले आज राती आफ्नो पुरानो मोडेल नोकिया ३३१० लाई र्बािर्सलोनामा आयोजित मोवाइल वर्ड कंग्रेसमा सार्वजनिक गर्दै छ । केही बर्ष अघि माेवाइल उत्पादनकाे व्यवसायबाट अल्गिने निर्णय गरेकाे नाेकियाले पुन: यस व्यवसायमा फर्किने संकेत देखाएकाे छ ।
मोडेल पुरानो भएपनि नोकिया ३३१० नयाँ र आर्कषक डिजाइनका साथ आउन थालेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन । नोकिया ३३१० को स्क्रिन अत्यन्तै सुन्दर रहने छ । यसको मूल्य ५९ यूरो हुन सक्ने बताइएको छ । १.५ इन्चको स्क्रिनमा आउने नोकिया ३३१० एन्ड्रोइड भने हुने छैन । पछाडी क्यामरा त हुनेछ तर कति मेगाफिक्सलको भनेर खुलाइएको छैन । सेल्फी खिच्ने क्यामरा यसमा नहुने जानकारी सार्वजनकि भइसकेको छ । ८ जीबी स्टोरेज र १६५० एमएएच क्षमताको ब्याट्री यसमा हुनेछ । एजेन्सी