April 26, 2017

आज मार्च २० अर्थात् विश्व बाल रंगमञ्च दिवस

काठमाडौं, ७ चैत्र  । मार्च २० का दिन विश्वभरि नै विभिन्न कार्यक्रम गरी विश्व बाल रंगमञ्च दिवस मनाइँदै आइएको छ ।

बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनको साथमा नेपालमा पनि विगत केही वर्षदेखि कार्यक्रम हुँदै अाएकाे छ ।

थिएटर मल नाटकघरको बालबालिकाका लागि रंगमञ्चीय कार्य गर्ने एक मात्र नेपाली संस्था थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र आसितेज नेपालले यसवर्ष पनि विविध कार्यक्रम गर्दै याे दिवस मनाएकाे छ ।

यस वर्ष जर्मनीबाट आएका अन्तर्राष्ट्रिय बाल नाट्य समूह ‘क्लाउन विथवाउट बोर्डरर्स’ को क्लाउन नाटक शो तथा क्लाउन कार्यशालाका साथमा मनाइएकाे हाे ।

आज चैत ७ गते सोमबार थिएटर मल नाटकघरमा बालसाहित्यमा संलग्न, तथा विदेशी तथा स्वदेशी रंगकर्मी, अभिभावक र बालबालिकाबीच क्लाउन शो र अन्तरक्रियाका साथ मनाउन लागेको आसितेज नेपालका अध्यक्ष दिपर्शन जंग रानाले जनाए ।

बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ विश्वभर यो दिवस मनाइँदै आइएको छ ।

त्यस्तै थिएटर मलले यसै अवसरमा आगामी १९ गतेदेखि बालबालिकाको लागि १५ दिने अभिनय तथा नाट्य प्रशिक्षण समेत आयोजना गर्ने थिएटर सेन्टर फर चिल्ड्रेन नेपालका कला निर्देशक केदार श्रेष्ठले जनाए ।