August 20, 2017

आज मधेस बन्दको दोश्रो दिन, ठाउँ ठाउँमा प्रदर्शन, जनजीवन ठप्प

काठमाण्डौ, २५ फाल्गुन । मधेश बन्दको दोस्रो दिन आजपनि विभिन्न जिल्लाहरुमा बिहानैदेखि प्रदर्शन भैरहका छन । मधेशी मोर्चाका कार्यकर्ता बिहानैदेखि टायर बाल्दै प्रदर्शनमा उत्रिएका छन ।

सोमबार राजविराजमा भएको प्रहरीसंगको झडपमा ४ जनाको मृत्यू भएपछि मधेसका जिल्लाहरुमा प्रदर्शन भइरहेका छन  । यसै गरी प्रहरीको गोली लागी घाइते भएका सप्तरी मलेठ २ का बीरेन्द्र महतोको उपचारकाक्रममा निधन भएपछि मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि प्रहरीको गोलीबाट सञ्जन मेहता, पीताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो । ६ जनाको अवस्था गम्भिर रहेकाे छ।

यसै गरी मधेशी मोर्चाका कार्यकर्ता आजपनि बिहानैदेखि जनकपुरमा प्रदर्शनमा उत्रिएका छन । उनीहरु चोकचोकमा टायरबाली प्रदर्शन गरि रहेका छन । उनीहरुले बिहान मोटरसाइकल र्यालीसमेत निकालेका छन । बन्दका कारण जनकपुरको बजार, शिक्षण संस्था, कल कारखाना बन्द भएका छन भने शैक्षिक संस्था समेत संचालनमा आउन सकेको छैनन ।

निजी तथा सार्वजनिक सवारीका साधन पनि ठप्प छन । मोटरसाइकल र अटो रिक्साको संचालनमा भने रोक लगाइएको छैन । मोर्चाको आन्दोलनलाई मध्यनजर गर्दै एमालेका नेताहरुको घर तथा सरकारी कार्यालयहरुमा कडा सुरक्षा दिइएको छ भने बजारमा गस्ती पनि बढाइएको छ ।