June 28, 2017

आज देखि देशभरका गाविस र नगरपालिका बिघटन, अब ७४४ स्थानिय तह मात्र रहने

काठमाण्डौ २७ फाल्गुन । सरकारले बिगत करीव २५ वर्षदेखि अस्तित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ ।

स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गरेका छन ।
उपप्रधानमन्त्री एवं स्थानीय बिकास मन्त्री थापाले राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको भन्दै अब गाउँपालिकाहरु अस्थित्वमा आएको बताए ।
अब सबै कामहरु गाउँपालिकामार्फत हुनेछन् । यसअघिका गाविसहरु वडामा सीमित भएका छन् । २०४७ सालसम्म गाउँ पञ्चायत भनिएका स्थानीय संरचनाहरु २०४७ सालको संविधानपछि गाउँ विकास समितिमा रुपान्तरण भएका थिए ।
स्थानीय तह निर्वाचनलाई उत्सवका रुपमा लिन आग्रह गर्दै थापाले आन्दोलनरत मधेसी दललाई पनि निर्वाचनमा सहभागी गराउन आफूले सक्रियतापूर्वक भूमिका निभाउने प्रतिबद्धता जनाए ।
पदभार ग्रहण गरेपछि थापाले स्थानीय तह संरचना कार्यान्वयन कार्ययोजना समेत सदर गरेका छन ।
नवघोषित स्थानीय तहमा कार्यालय स्थापना लगायतका कामका लागि कम्तिमा एक करोड रुपैयाँ बजेटसमेत बिनियोजन गरिएको छ ।

तपाईको ठेगाना कुन गाउँ/नगरपालिकामा पर्यो ? हेर्नुस् सूची

Final District 1-75 Corrected Last for RAJPATRA