September 25, 2017

आज तराईमा होली, धुमधामसंग मनाइदै

काठमाण्डौ ३० फाल्गुन । रङहरुको पर्व फागु अर्थात होली तराईका जिल्लाहरुमा आज आपसी सद्भाव उत्साह र हर्सोल्लासका साथ मनाईदै छ ।

आपसमा रङ र अबीर दलेर उत्साहपुर्वक होली खेल्ने क्रम बिहानैदेखि सुरु भएको छ ।

सप्तरी घटनाका कारण केही खल्लो भएपनि सर्वसाधारण होली खेल्न सडकमा निस्किएका छन । होलीलाई त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग  जोडेर हेरिन्छ ।

हिरण्यकश्यपुका पुत्र प्रल्हाद उनको आफनै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनको सम्झनामा तराइबासीले आज होलिकाको पुतला बनाई त्यसको दहन गर्ने र प्रसाद ग्रहण गर्ने चलन छ ।

होली पर्व मनाईने तराईका जिल्लाहरुमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा भने हिजै होली मनाइएको छ । होलीमा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखी स्थानीय प्रशासनले बिभिन्न शहर तथा बजारमा सुरक्षा उपस्थिति बाक्लो बनाएको छ ।