August 22, 2017

आज ग्याल्बो ल्होसार शेर्पा जातिले धुमधामसंग मनाउदै

काठमाण्डौ १६ फाल्गुन । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार विभिन्न कार्यक्रम गरी मनाउदै छन ।

भोट भाषाको दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई आजदेखि चरा वर्ष सुरु हुन्छ ।

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुंगुर गरी १२ वर्ष हुन्छ । बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने संस्कृतिकर्मी बताउछन ।

आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।