आज एमालेले भैरहवा र बुटवलमा सभा गर्दै

काठमाण्डौ २९ फाल्गुन । मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नेकपा एमालेले आज रुपन्देहीको भैरहवा र बुटवलमा सभा गर्दैछ ।

हिजो चितवन र नवलपरासीमा सभा गरेको एमालेले आज मध्यान्ह नवलपरासीको भुमईमा आमसभा गर्ने जनाएको छ ।

दिउ“सो २ बजे भैरहवा र अपरान्ह ३ बजे बुटबलमा सभा हुने नेताहरुले बताएका छन ।

सभालाई एमालेका शीर्ष नेताहरु अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नेछन । रुपन्देहीका सभास्थलमा बिहानैदेखि एमाले कार्यकर्ताको चहलपहल बढेको छ । सम्भावित घटनालाई ध्यानमा राख्दै स्थानिय प्रशासनले सभास्थलमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।