आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर मनाइदै

 काठमाण्डौ, २५ फाल्गुन । आज मार्च ८ अर्थात १०७औं अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर विविध कार्यक्रमका साथ मनाइदैछ ।

महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार भन्ने नाराकासाथ नेपालमा पनि बिभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । नारी दिवसको उपलक्ष्यमा बिहानै काठमाडौं भृकुटिमण्डमा प्रभातफेरि गरिएको छ ।

सन् १९ सय १० मा महिलालाई मतदान गर्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको थियो । सन् २ हजार १३ देखि विश्वभर नारी दिवस मनाइने गरिएको हो ।

सन् १९ सय १७ मा रसियाका महिलाहरुले गास, बास र कपासका लागि हड्तालमा उत्रिएपछि मार्च ८ तारिखका दिन तत्कालीन शासक जारले सत्ता छाडेका थिए । त्यसपछि रुसको अन्तरिम सरकारले महिलाहरुलाई भोट दिन पाउने अधिकार प्रदान गर्यो । सोही दिनलाई महिला दिवसका रुपमा मनाउन थालिएको हो । नारी दिवस मनाउदै गर्दा नेपालमा महिलामाथि हुने हरेक खालका हिंसा भने अन्त्य हुन सकिरहेको छैन ।