May 23, 2017

आगामी बजेट निजी क्षेत्र मैत्री हुनेमा प्रधानमन्त्रीको जोड

काठमाण्डौ, ३१ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी बजेट निजी क्षेत्र मैत्री हुने बताएका छन् ।

नेपाल उद्योण वाणिज्य महासंघको नव निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारीसँगको भेटको क्रममा प्रधानमन्त्रीले पुराना ऐन कानूनमा समयानुकूल परिमार्जन गर्दै लगिने जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा उद्योण वाणिज्य महासंघको नव निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्रीले महासंघमा केही गरौं भन्ने भावनाद्वारा प्रेरित नमूनायोग्य टिम नेतृत्वमा आएकोमा खुशी व्यक्त पनि व्यक्त गरे ।

प्रधानमन्त्रीले सरकार र निजी क्षेत्रबीच जति सहकार्य हुन सक्छ, त्यति छिटो विकास र सम्बृद्धिमा जान सकिने बताउँदै देशमा राजनीतिक स्थिरता हुनासाथ विकास र निर्माणको गति सिर्जना हुने बताए ।