August 17, 2017

आगलागीबाट ६ घर जलेर नष्ट

दनेश शर्मा

राजविराज, २१ चैत्र । सप्तरीको कञ्चनपुर नगरपालिका वार्ड नम्बर १ वैरवामा सोमवार दिउँसो करिब २ बजे भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ । स्थानीय लक्ष्मी भगतको कुटानी–पिसानी मिलमा विद्यु सर्ट भई सुरु भएको आगोले निजको मिलका मेसिनरी सामान सहित २ घर तथा लक्ष्मण भगत र भागवत भगतका २/२ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजविराज नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।