आगलागीबाट ४ लाख बढीको क्षति

राजविराज, २९ चैत्र । सप्तरीको नर्घो ६ मा मंगलबार आगलागी हुदा करिब ४ लाख बढीको क्षति भएको छ ।

बिहान करिब ११ बजे स्थानीय हरिदेव मण्डलको घरमा सल्केको आगोले छिमेकी मनोज साहको घर समेत जलेर नष्ट भएको हो । आगलागीबाट मण्डलको ८० हजार र साहको करिब ३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

साहको घरमा रहेको किराना पसलमा भएका सम्पुर्ण सामान समेत जलेको प्रहरी चौकी झुट्कीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे थियो ।